बिहिवार, साउन १०, २०८१
Sancharmanch

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलवार, चैत २२, २०७८

२०७८ चैत्र २२/ नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार २ सय ७८ पिसिआर परिक्षणका क्रममा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५१ जना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा ८ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर