शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

झापाको गौरादह ४ मा भुमी आयोगले सुरु गर्यो धनीपुर्जा बितरण

मङ्गलवार, चैत २२, २०७८

२०७८ चैत्र २२ गौरादह / झापाको गौरादह नगरपालिका वडा नं। ४ मा आज एक कार्याक्रमबीच धनीपूर्जा वितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग झापाले जिल्लामा पहिलो पटक नगरपालिकाको समन्वयमा मंगलवार ती वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डेका अनुसार आयोग गठन भएपछि जिल्लामा पहिलोपटक गौरादह ४ का अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरि कामलाई तीव्रता दिएको हो । आयोगले अव भने स्थानीय तहको निर्वाचन पछि मात्र जिल्लाको विर्तामोड,बुद्धशान्ति,मेचीनगर लगायतका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई जग्गाधनीपूर्जा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । उहाँले जनशक्तिको अभावकाकारण झापामा धनिपुर्जा वितरणको प्रकृया लम्बिने जानकारी गराउँदै कर्मचारी ब्यवस्थापनका लागि आयोगमा अनुरोध गरिएको जानकारी दिनु भयो । झापा जिल्लामा मात्र ३५ हजार धनिपुर्जा वितरण गर्नुपर्ने तथ्याङ्क संकलन भएको जानकारी गराउँदै समयसिमा भित्र कायर्उ सम्पन्न गर्न आफुले १८ घण्टा सम्म काम गरेको जानकारी दिनु भयो ।

साथै कार्यक्रममा वोल्ने क्रममा गौरादह नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष छत्रपति सुबेदिले राष्ट्रिय भूमी आयोले वितरण गरेको धनिपुर्जा प्रति विश्वास नरहेको धारणा प्रस्तुत गर्दै धनिपुर्जा वितरण मात्र ठुलो कुरा नभएको नक्सा ब्लु प्रिन्ट पाउनु पर्ने जिकिर गर्नु भयो । कार्यक्रममा वोल्ने क्रममा आयोगले धनिपुर्जा वितरण गरेर मात्र नहुने साथै धनिपुर्जा बैंङ्किङ प्रयोजनका लागि समेत भ्यालिड हुनु पर्ने हुँदा नक्सा नवनर्ई धनिपुर्जा वितरण भएको आरोप लगाउनु भयो ।


गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय भूमी आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्का रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले फिल्ड बुक उठइसकेपछि नक्सा वनाएर श्रेष्ता तयार गरी धनिपुर्जा वितरण हुने हुँदा आम नागरिकलाई ढुक्क हुन आग्रह गर्नु भयो । वडा अध्यक्ष सुबेदिको भनाई लक्षित गर्दै उपाध्यक्ष कार्किले जनप्रतिनिधीलाई आयोगले गर्ने काम कार्वाहिको वारेमा राम्ररी जानकारी लिन र तथ्यमा आधारित भएर वोल्न समेत सुझाउनु भयो । उपाध्यक्ष खड्काले विगतमा आम नागरिकहरुलाई बतासे धनिपुर्जा वितरण गरेर तर्साउनेहरुले समाजमा भ्रम सिर्जना गरेको हुँदा यस पटक आयोगले प्रकृया पुर्याएर मात्र धनिपुर्जा वितरण गरेको साथै फाएल नक्सा तयारी भइसकेको हुँदा पुरा पेज भरि सकेपछि नक्सा वितरण गरीने हुँदा आम नागरिकहरुलाई विश्वस्त पार्नु भयो ।

धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, गौरादहकी उपमेयर गीता भेटवाल,आयोगका सदस्यहरु, वडाध्यक्ष,वडासदस्य,मालपोत तथा नापी कार्यालयका प्रतिनिधि तथा वडाबासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर