आइतवार, साउन ६, २०८१
Sancharmanch

खाल्डोमा जमेको पानीको डुबि बालकको मृत्यु

सोमवार, चैत २१, २०७८

२०७८ चैत्र २१/ भोजपुरको पौवादुङमा गाँउपालिका(२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबि बालकको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका(७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोको पानीमा डुबेका थिए । अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित खबर