बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न

आइतवार, चैत २०, २०७८

२०७८ चैत्र २०/ बिनासकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । पुननिर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । बिनासकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो । काष्ठमण्डप पुननिर्माण गर्न करिब ८ हजार क्युफिट नया र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग भएको शाक्यले बताउनुभयो । सोमबार उद्घाटन भएसंगै सर्वसाधारणका लागि पनि खुल्ला गर्ने समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

सम्बन्धित खबर