शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

सवारी दुर्घटनाबाट १ महिलाको मृत्यु

आइतवार, चैत २०, २०७८

२०७८ चैत्र २०/ ईटहरी(१८ नयाटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा सवारी दुर्घटना हुदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षीया मेहरुन खातुन रहेकी छिन् । आज बिहान पौने ६ बजे कान्छीचोक बाट चतरा तर्फ बिद्यार्थी लिन जादै गरेको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले पैदल हिडिरहेकी खातुनलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय पकलिबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी सवारी चालक मोरङ सुन्दरहरैचा ६ का ३६ बर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर