बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पानीमा डुबी बालक र महिलाको मृत्यु

आइतवार, चैत २०, २०७८

२०७८ चैत्र २०/ झापाको दमक नगरपालिका (२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् । हिजो दिउसो साढे २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि मृत अवस्थामा पानीबाट बाहिर निकाली घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ भने ओखलढुङगा खिजिदेम्बा गाँउपालिका(७ कि ५८ बर्षीया गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भऐकिमा खोज तलासको क्रममा हिजो बिहान ११ बजे खिजिदेम्बा(७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकि हुदा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित खबर