बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

उर्लाबारीका मेयर खड्ग फागोले सरकारी गाडी फिर्ता, सेवा सुविधा नबुझ्ने घोषणा

आइतवार, चैत २०, २०७८

२०७८ चैत्र २० उर्लाबारी/ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफुले चढ्दै आएको सरकारी गाडी फिर्ता गर्नुभएको छ ।
आसनिवार मोरङ सुनचाँदी ब्यवसायी संघको आठौं बार्षिक साधारणसभामा बोल्दै उहाँले सरकारी गाडी फिर्ता गरेको र अब बाँकी रहेको समयको भत्ता पनि नलिने घोषणा गर्नुभएको हो । उहाँले मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुको रकम पनि भुक्तानी नगर्न लेखा प्रशासनलाई निर्देशन दिइसकेको बताउनुभयो । बहुमतको दम्भले काम गर्न नदिएको पनि उहाँले दाबी गर्नुभयो ।

सम्बन्धित खबर