शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

पाँचथर उद्योग वाणिज्य संघको १२ औ साधारण सभा शुरु

शनिवार, चैत १९, २०७८

२०७८ चैत्र १९/ पाँचथर उद्योग वाणिज्य संघको १२ औ साधारण सभा पाँचथरको फिदिममा शनिबार बाट शुरु भएको छ । सभाको उद्घाटन सत्रमा वोल्दै वक्ताहरुले संघको नयाँ नेतृत्व चयनका लागि शुभकामना ब्यक्त गरेका थिए । संघले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लाग मैदानमा अलग–अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिएका छन् ।बर्तमान सरकार गठबन्धन को तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरीएको छ । जसमा, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी र एकिकृत नेकपा समाजबादी निकट ब्यवसायिहरुको प्यानल निर्माण भएको छ ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट निबर्तमान महासचिब नबराज घिमिरेको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ । जसमा , नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ब्यवसयिहरुको प्यानल निर्माण भएको हो ।

सम्बन्धित खबर