बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल बार एशोसिएशनको निर्वाचन शनिबार सम्पन्न

शनिवार, चैत १९, २०७८

२०७८ चैत १९/ नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार निर्वाचन भएको छ । बारको नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा छ ।दुई समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । बारको निर्वाचनका लागि देशभरिका ३५ ठाउँबाट एकसाथ भएको हो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि चुनाव हुन भएको हो । बारको निर्वाचनमा ९ हजार ७ सय ८ जना अधिवक्ता मतदाता छन् । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७ सय र उपत्यकाबाहिर ३ हजार ५ सय जना रहेका छन् ।

सम्बन्धित खबर