बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार, चैत १८, २०७८

२०७८ चैत्र १८/ नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय १६ पिसिआर परिक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर