बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

शुक्रवार, चैत १८, २०७८

२०७८ चैत्र १८/ झापाको मेचीनगर नगरपालिका(६ र मोरङको बिराटनगर महानगरपालिका(१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका झापा कन्काई नगरपालिका(३ का ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को।२५ प ७६५८ नम्वरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरी(४ का ४० बर्षीय राजेन्द्र के।सि।लाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर