बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आठ महिनामा १ अर्ब ३ करोड ५० लाख ९० हजारको चिया निर्यात

शुक्रवार, चैत १८, २०७८

२०७८ चैत्र १८/ नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण दर कम हुँदै जानु र नेपाल भारततर्फ मालवहाक सवारीसाधनको आवतजावत सहज भएका कारण पूर्वी काँकरभिट्टानाका भएर हुने व्यपारमा बृद्घि। आठ महिनामा १ अर्ब ३ करोड ५० लाख ९० हजार रुपैयाँमुल्य को २ हजार ९ सय ५७ मेट्रिक टन चिया निर्यात। १८ चैत, मेचीनगर÷ नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण दर कम हुँदै जानु र नेपाल भारततर्फ मालवहाक सवारीसाधनको आवतजावत सहज भएका कारण पूर्वी काँकरभिट्टानाका भएर हुने व्यपारमा समेत बृद्घि भएको छ ।कोभिडका कारण थला परेको व्यपार पछिल्लो समय पुरानै लयमा फर्कन थालेको छ । चालु आर्थिक वर्ष २०७८÷२०७९ को पहिलो आठमहिनामा काँकरभिट्टा नाका भएर रसिया तथा जर्मनी निर्यात हुने चियाको निर्यात परिस्थिती सहज बन्दैं गएका कारण निकासी ह्वात्तै बढेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।कार्यालय प्र्रमुख बाली संरक्षण अधिकृत देविन्द्र साहुँका अनुसारचालु आर्थिक वर्षको यो अवधिसम्म काँकरभिट्टा नाका भएर १ अर्ब ३ करोड ५० लाख ९० हजार रुपैयाँमुल्य को २ हजार ९ सय ५७ मेट्रिक टन चिया निर्यात भएको छ । जव कि गत आर्थिक वर्षमा गत आर्थिक वर्ष २०७७÷०७८ मा काँकरभिट्टानाका भएर ६ करोड १४ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको १ सय ७५ दशमलव ६ प्रतिशत मेट्रिक टन ग्रीन टी अर्गयानिक निकासी भएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको डेढवर्षदेखि पूर्वीनाका नियमितरुपमा सञ्चालनमा आउन सकेको थिएन् । अघिल्लो र गतवर्षमा अपेक्षितरुपमा चिया निकासी नहुनुमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं नेपाल सरकारले गरेको लकडाउन नै भएको सरकारी अधिकारीहरु बताउछन् ।

सम्बन्धित खबर