शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

बिहिवार, चैत १७, २०७८

२०७८ चैत्र १७/ झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका(४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका(५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३(०१(००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका सुवुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर