२०७८ चैत १७ / झापाको भद्रपुरस्थित रुद्र गौैरी -श्री-अम्बिका ओेली प्रतिष्ठानद्वारा ४ विधामा ५ जना पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले यस वर्ष ५ लाख रुपैयाँ पुरस्कार थप गरी ४ विधामा ५ जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो । प्रतिष्ठानले ४ वैशाखमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गरी उनीहरूलाई पुरस्कृत गर्ने उहाँले वताउनुभयो । ‘नवौँ संस्करणको पुरस्कार वितरण गर्न लागेका छौँ’, उहाँले भन्नु भयो, ‘यस वर्ष ५ लाख रुपैयाँको एउटा पुरस्कारसमेत थप भएको छ ।’ प्रतिष्ठानले २०६७ सालदेखि कृषि, साहित्य/पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकामा नवौँ वर्षको यात्रा तय गरिरहँदा ५ लाख रुपेयाँ राशिको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रियरअन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’समेत थप गरेको हो ।
पहिलो पटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रज्ञान पुरस्कारबाट हिमालयशम्शेर जबरा पुरस्कृत हुनुहुने छ । नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गर्नुका साथै नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पुर्याएबापत उहाँलाई उक्त पुरस्कार वितरण गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित ‘सुभद्रा(मदन फाउण्डेसन’ र ‘चन्द्रागिरि मेसिनरी उद्योग’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कार राशि १ लाख १ हजार १११ रुपैयाँ रहेको छ । कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँहरूलाई पुरस्कृत गर्न लागिएको हो ।
फाउण्डेसन संस्थापक अध्यक्ष कृषिविज्ञ मदन राईको अग्रसरतामा ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट विगत ७ वर्षदेखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत क्रियाशील छ । यस्तै, संस्थापक अध्यक्ष गोविन्द भक्त श्रेष्ठको नेतृत्वमा सञ्चालित उद्योगले सानादेखि ठूला कृषि औजार उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको छ ।
त्यसैगरी गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार काठमाडौं निवासी युवती खड्का केसीलाई प्रदान गरिने भएको छ । उनलाई अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरूको आर्थिक सशक्तीकरणमा योगदानबापत १ लाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागिएको हो ।
यस्तै, अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यस वर्ष विगत साढे ४ दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङ विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले बताउनुभयो । पुरस्कार राशी १ लाख १ हजार १११ रुपैयाँ रहेको छ ।
‘रूद्र(गौैरी(श्री(अम्बिका ओेली प्रतिष्ठान’ समाजमा भएका अनुकरणीय कार्यहरूको प्रबद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो