शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

मनोमानी गर्न नपाउदा उर्लाबारी उपमेयर सहितको टोलीले गर्यो कार्यपालिका बैठक अवरुद्ध

बिहिवार, चैत १७, २०७८

२०७८ चैत्र १६ उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिकामा स्थानिय जनप्रतिनिधिको समया अवधी सकिनै लाग्दा उपमेयर सहितको एउटा टोलि जनताको हित विपरित उभिएको छ । जनताको हितमा ल्याइएका कार्यक्रमहरुनै विवादका मूख्य जरोको रुपमा देखिएका छन । विपन्न नागरिकहरुको प्रत्यक्ष सरोकारसँग जोडिएका विकास निर्माणका योजना सहित बाकी रहेका विभिन्न विधेयक र कार्यविधि बनाएर जनप्रतिनिधीहरु जनतामाझ पुग्ने कार्य योजना भए पनि जनभावनाको धज्जि उडाउँदै केहि कार्यपालिका सदस्यहरुले जनताको मतलाई अपमान गरेका छन । नगर प्रमुख जनताको काम हामि अन्तिम अवस्था सम्म पनि गर्नु पर्छ भन्ने अडानमा रहे पनि नगर उपप्रमुख सहितको जनप्रतिनिधिको टोली निर्वाचनको मुखमा कुनै पनि कार्य नगरौँ भन्दै अड्डी कसीरहेका छन् । जस्ले २०७४ सालकोे निर्वाचनमा आम जनताको भावनामाथि खेलवाढ गर्दै चुनाव जितेको प्रष्ठ भएको छ । जनताको काम गर्न भनेर चुनिएका जनप्रतिनिधीहरु जनताकै काम गर्ने सवालमा नकारात्मक धारणा वाट ग्रसित भएर अड्डि कस्दै वजेट फ्रिज गराउने प्रयत्नमा लागिपरेका छन ।

स्थानिय जनताको मतद्वार अनुमोदित भएर आएका जनप्रतिनिधि नै यतिवेल निर्वाचनको बाहानामा विकास निर्माण, योजना कार्यान्वयन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण, विधुत जस्ता जनसरोकारका विषयमा चुनावको मुखमा गर्नु हुदैन भन्दै कार्यपालिका बैठकमा विपक्षमा हस्ताक्षर गरेर नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी सहितको एमालेबाट निर्वाचित जनप्रतिनिधीको टोली बाहिरीए पछि बैठक पटक पटक स्थगित हुदै आएको छ । उपप्रमुख भण्डारीका अनुसार “निर्वाचन लक्षित कार्यक्रमहरु मेयरले ल्याउन खोजे निर्वाचन नजिकिएकाले कार्यपालिकाको बैठकबाट जनअपेक्षाअनुसारको काम हुने नदेखिएकाले बहुमत कार्यपालिका सदस्यहरुले बैठक नगर्ने पक्षमा हस्ताक्षर गरौँ, बैशाख ३० गते पछि निर्वाचित जनप्रतिनिधिहरुले बाँकी रहेको बजेटबाट नयाँ काम गर्ने छन् ।” तर वैसाखमा हुने निर्वाचन वाट छनौट भएका प्रतिनिधीहरुले पद वहाली गरेर कार्यभार संहाल्ने समय पनि आर्थिक वर्षको अन्त्यतिर पुग्ने हुँदा योजना कार्यान्वयनको पक्ष कस्तो वन्ला ? भन्ने आशंका उत्तिकै वढेको छ । हुन त स्थानिय तहमा सत्ता पक्ष र प्रतिपक्ष हुनु हुदैन र मानिदैन भन्ने व्याख्या गरिन्छ तर, मोरङको उर्लाबारी नगरपालिकामा भने नेपाली काग्रेसबाट मेयर सहित २, ३, ६ र ७ नम्वर वडामा वडाध्यक्षहरु निर्वाचित भएका छन् । ९ वटा वडामा विभाजित रहेको उर्लाबारी नगरपालिकाको अन्य वडा नेकपा एमाले बाट निर्वाचित वडाध्यक्ष सहितका जनप्रतिनिधि रहेका छन् । कार्यपालिका बैठकमा जनसरोकार होस या अन्य विकास निर्माण र कार्यविधि, ऐन पास गर्ने कुरामा होस निर्वाचित जनप्रतिनिधि सहित कार्यपालिका सदस्यको बहुमतको निर्णयले योजना र वजेट पास गर्ने सिस्टम रहेको छ । यो प्रणाली हरेक स्थानियतहमा पनि छ, उनीह? विकास निर्माणको सवालमा सवै तिक्तता विर्सेर एक ठाउमा उभिने गरेका छन् । तर उर्लाबारी नगरपालिकामा मेयर सहितको जनप्रतिनिधीको टोलीलाई सत्तापक्ष र उपमेयर सहितको नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यले टडकारो रुपमा प्रतिपक्षको भुमिका निर्वाह गरेपछि अन्तिम कार्यपालिका बैठक बाट पास गर्नु पर्ने समपुर्ण योजनाहरु प्रभावित मात्र भएका छैनन आम नागरिकका लागि सञ्चालन गरिने योजनाहरु पुर्णरुपमा प्रभावित भएका छन । यता मेयर खड्ग फागोले भने निर्वाचन केन्द्रीत कार्यक्रम ल्याउन खोजेको भन्दै कार्यपालिका सदस्यहरुले भ्रम छर्न खोजेको बताउनु भयो । फागोले भन्नुभयो–“उर्लाबारी नगरबासीहरुको हितमा काम गर्ने गरी कार्यापालिकाको बैठकमा योजना ल्याएका थियौँ, जुन पार्टीबाट निर्वाचित भएपनि जनताको हितमा काम गर्न आफुहरु आएका हौँ, जनभावनाअनुसार काम गर्न रोकेर समस्या सिर्जना गर्न खोजियो।” नगरपालिकाले अन्तिम कार्यपालिका बैठकमा भुमिहिन तथा अव्यवस्थीत वसोवासी, कानुन मसौदा निर्देशिका, स्वास्थ्य सस्था दर्ता तथा अनुमति निर्देशिका, गरिव तथा विपन्न लक्षित खानेपानी धारा जडान तथा महशुल व्यावस्थापन, सहकारी सस्था दर्ता कार्यविधि, एम्वुलेन्स सेवा सचालन निर्देशिका, लगाएतका जनसरोकारका विषयमा कार्यपालिका बैठकले अनुमोदन गर्नुपर्ने महत्वपुर्ण योजना थिए । तर बैठकमा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिधिहरुले योजना र कार्यविधी अगाडी नवडाउने पक्षमा हस्ताक्षर गरेर हिडेपछि कार्यपालिका बैठक बस्न नसकेको वडा नम्वर ७ का वडाध्यक्ष वीरवल थापाले बताउनु भयो । स्थानियतहमा जुन पार्टीबाट निर्वाचित भएपनि निर्वाचित जनप्रतिनिधिले जनताको हितमा काम गर्नु पर्ने हो तर, आफु अनुकुल नभएको भन्दै जनभावना माथि चोटपुग्ने गरी निर्णय गरिनु स्थानियतहको मर्यादा र जनप्रतिनिधीको राजनैतिका स्वार्थ हावी भएको प्रस्ट देखीन्छ । जसको फलस्व?प आफ्नै पालमा हुने विकास गतिविधी माथी धक्का पुगेको छ । जनभावनाअनुसार ऐन तथा कार्यक्रमह? तयार पारिएको भएपनि बहुमतको दम्भ देखाएर उर्लाबारी बासीह?माथी घात गर्ने काम भएको कांग्रेस सहित नेकपा एकीकृत समाजवादीका जनप्रतिनिधिहरुको भनाई छ । बैठकमा कांग्रेससहित नेकपा एकीकृत समाजवादीका ७ जना जनप्रतिनिधिहरु बैठक गर्ने र नगरसभा गर्ने पक्षमा उभिएका छन् भने एमाले बाट निर्वाचित उपप्रमुख सहित १२ जना जनप्रतिनिध विपक्षमा उभिएका हुन् । घटनाका हरेक श्रृंखला नजिक वाट नियाल्ने हो भने नगर प्रमुख फागोले जनताको काम गर्ने सन्दर्भमा एक पैसा पनि हिनामिना गर्न नदिएका कारण विपक्षिको नाम लिएर जनप्रतिनिधीहरुले यअ‍े अन्तिम समयको कार्यपालिका बैठक प्रभावित पारेको आसंंका यतिवेला उत्पान्न भएको छ । नगर प्रमुखले कार्यभार संहालेर ५ वार्ष ब्यतित गरिरहदा सुरु देखीनै आर्थिक अनियमितताको सन्दर्भमा कडाइ गर्दै आउनु भएको थियो । सदैव जनताको पक्षमा रहेर काम गर्ने साथै आम नागरिकको हितका लागि कुनै पनि कसुर वाँकि नराख्ने, हरेक वडामा सञ्चालन हुने गतिविधि नजिक वाट नियाल्न आफैँ फिल्डमा पुग्ने गर्नु भएका नगर प्रमुखले काम सन्तोषजनक नहुँदा पटक पटक दोहोर्याउन लगाएका थुप्रै घटनाहरु वाहिर आएका थिए । सोहि कुराको प्रतिसोध साँधेर कार्यपालिका सदस्यहरुले अन्तिम घडिका महत्वपुर्ण योजना तथा कार्यक्रमहरु जनता माझ जान नदिन यो षड्यान्त्र गगरेको हुन सक्ने देखिन्छ ।

सम्बन्धित खबर