बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अवैध कीटनाशक औषधी उत्पादन गरेको आरोपमा दुइ जना पक्राउ

बुधवार, चैत १६, २०७८

२०७८ चैत्र १६/ जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैध कीटनाशक औषधी उत्पादन गरेको आरोपमा ईलाका प्रहरी कार्यालय मनहरीले दुइ जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय मनहरीका अनुसार अवैध कीटनाशक औषधी बिक्री प्रयोजनका लागी बस्तीपुरतर्फ लैजाँदै गरेको अवस्थामा ना १ ज ४७७६ नम्बरको म्याजिक भ्यानबाट पाँच बोरा र थप अनुसन्धान गर्ने क्रममा एक घरमा भण्डारण गरी राखिएको अवस्थामा थप ३२ बोरा बिषादी मल भेटिएको थियो ।प्रहरीले मल सहित २ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका ७ बस्ने म्याजिक चालक चन्द्रबहादुर मोक्तान र कम्पनीका सुपरभाइजर सर्लाही बसबरीया गाउँपालिका ६ बस्ने बर्ष ३० को सन्तोष शाह र माडी नगरपालिका ९ बस्ने बर्ष ३२ को गिरेन्द्र बहादुर दुरा रहेका छन् ।मोक्तानलाइ मल ओसारपसार गर्ने कार्यमा सहयोग गरेको आरोप छ भने शाह र दुरा माथी कालोबजारी गरेको आरोप लगाइएको छ । बरामद गरिएको मल बाराको परवानीपुर गाउँपालिका ४ मा रहेको शिवशक्ति बायोप्लान्टिक प्रालीको रहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।बाइट स् प्रहरी निरीक्षक ( प्रकाश थापा, ईलाका प्रहरी कार्यालय मनहरी यता, अनुसन्धान गर्ने जिम्मेवारी पाएको कृषि ज्ञान केन्द्र चितवन भने आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । प्रहरीले पक्राउ परेका ब्यक्तिलाई आवश्यक कार्वाहीका लागी कृषि ज्ञान केन्द्र चितवनमा बुझाएपनि केन्द्रका प्रमुख युवराज पाण्डेले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिएका थिए । गत, माघ १ गते ईलाका प्रहरी कार्यालय भण्डाराले पनि सोही कम्पनीको करिब ९ लाख ८० हजार मूल्य बराबरको अवैध कीटनाशक औषधीसहितको ट्रक नियन्त्रणमा लिएपनि पशु क्वारेन्टाइन तथा बिषादी परीक्षण केन्द्र तथा कृषि ज्ञान केन्द्र चितवनले कार्वाही गर्न खासै चासो नदेखाउँदा सो कम्पनीले अहिले पुनः किसानहरूलाइ झुक्याएर बिषादी मल बिक्रीवितरण गर्ने गरेको पाइएको हो ।सो, उद्योगले यसअघि पनि ठगी गर्दै आएको थियो । यसअघि चितवन प्रहरीले मल बरामद गरेपछि पशु क्वारेन्टाइन तथा बिषादी परीक्षण केन्द्रबाट अनुगमन अधिकृत माधव भट्ट चितवन आएका थिए । चितवन आएका अनुगमन अधिकृत भट्टले बरामद गरिएको मलको सेम्पल लिएर गएका थिए । सो, क्रममा उक्त कम्पनीद्वारा अवैध बिषादी मलको कारोबार गर्ने गरेको पुष्टि भएपछि डेढ महिनाअघि नै कम्पनीका म्यानेजर रमाकान्त भारती र कमल कान्त सिंह संग अनुसन्धान गरी बयान लिइएको थियो । बयान लिने काम सकिए पनि उनीहरुको विरुद्धमा सरकारी वकिल कार्यालयमा मिसिल भने बुझाइएको थिएनन् । आरोपित पक्षसँग बयान लिने काम सकिएपनि पशु क्वारेन्टाइन तथा बिषादी परीक्षण केन्द्रले सरकारी वकिल कार्यालय चितवनमा मिसिल बुझाउन आलटाल गरिरहदा उनीहरुले अझै पनि अवैध काम गर्ने गरेको भेटिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय बाराले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरस्थित प्रालीमा सिलबन्दी गरेको थियो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाई नेतृत्वको अनुगमन टोलीले अनुमतिबिना अवैध रुपमा १२ वर्षदेखि किटनाशक औषधी उत्पादन गरी बिक्रिवितरण गरीरहेको उद्योगमा सिलबन्दी गरे पनि एक महिनापछि खोलिएको थियो । अवैध उत्पादन र कालोबजारी गर्ने गरेको भेटिएपछि उद्योग सिलबन्दी गरिएकोमा पुनः खोलिए संगै सो, कम्पनीको बदमासी बाहिरिएको हो । उद्योगमाथि अवैधरूपमा सञ्चालन गरी अवैध औषधि उत्पादन गरी किसानलाई ठगेकोसमेत आरोप लागेको छ । नियमक निकायको उदाशिनता र कार्वाहीमा आनाकानी भईरहदा सो, उद्योगले अझै पनि किसानहरूलाइ गुणस्तरीहिन मल बिक्री गर्ने गरेको आइतबार दिउँसो मनहरी प्रहरीले नियन्त्रणमा लिएको घट्नाले समेत स्पष्ट पारेको छ ।उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवको लगानी रहेको छ । उद्योगमाथि अवैधरूपमा सञ्चालन गरी अवैध औषधि उत्पादन गरी किसानलाई ठगेकोसमेत आरोप लागेको छ । उद्योगको नाममा बर्षौंदेखि किसानहरूलाइ ठग्दै आएको आरोप लागेका सञ्चालक राओ भारतको हैदरबाद, भारती र सिंह भने वीरगंजमै लुकिछिपि बस्दै आएका छन् ।

सम्बन्धित खबर