बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

बुधवार, चैत १६, २०७८

२०७८ चैत्र १६/ नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ३ हजार ९ सय ४० पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार २ सय ५२ एन्टीजेन परिक्षणका क्रममा १ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ७७ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

सम्बन्धित खबर