शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई बालिकाको मृत्यु

बुधवार, चैत १६, २०७८

२०७८ चैत्र १६/ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ , सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । बुधबार बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका रोहनलाई उपचारका लागि अस्पताल लगिएको छ । चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै स्थानीय प्रदर्शन गरेका छन् ।स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

सम्बन्धित खबर