बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ

बुधवार, चैत १६, २०७८

२०७८ चैत्र १६ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । बुधबार सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थीतमा कामू प्रधानन्यायधिश दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाउनुभएको हो ।

कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थीति रहेको थियो ।यसअघि मंगलबार संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त गर्नुभएको थियो । विराटनगर उच्च अदालतका न्यायाधीश रहेका श्रेष्ठ फागुन ६ मा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनुभएको थियो ।

सम्बन्धित खबर