बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

उर्लावारीका मेयरलाई असफल वनाउन कार्यपालिका सदस्यहरुको फोहोरी चलखेल

बुधवार, चैत १६, २०७८

२०७८ चैत्र १६ उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी हुन नासक्दा मेयरलाई वदनाम गराउँदै बहुमतको आडमा कार्यपालिका बैठक नबस्ने अडान राख्दै कार्यपालिका सदस्यहरु फोहोरी राजनितिमा होमिएका छन ।
चैत्र १५ गते बसेको कार्यपालिका बैठकमा अब कुनै पनि कार्यपालिकाको बैठक नबस्ने पक्षमा बहुमत रहेको भन्दै हस्ताक्षर सहित बैठक नबस्ने एमाले पक्षधर कार्यपालिका सदस्यहरुले विरोध जनाएका हुन । नेकपा एमालेको तर्फ वाट उपमेयरसहित कार्यपालिकामा बहुमत रहेको छ । बार्यपालिका बैठक वाट आम नागरिकको अत्यावश्यक महत्व बोकेका कार्यक्रमहरुको निर्णय गर्नु पर्ने एजेण्डाहरु माथि छलफलनै नगर्ने गरी बैठक प्रभावित पार्दै कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन । जनताको मतको दुरुपयोग गर्दै कार्यपालिका सदस्यहरुले गरेको यो निर्णयले नगरका लाखौँ विपन्न नागरिकहरुका लागि सञ्चालन हुने योजना तथा कार्यक्रम प्रभावित भएका छन । मेयरले निर्वाचन लक्षित कार्यक्रमहरु ल्याउन खोजेको र निर्वाचन नजिकिएकाले कार्यपालिकाको बैठकबाट जनअपेक्षा अनुसारको काम नहुने देखिएको भन्दै बहुमतको आडमा कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका हुन । निर्वाचित जनप्रतिनिधिहरुले चालु आर्थिक वर्ष २०७८÷०७९ अन्तर्गतको बाँकी रहेको बजेटबाट नयाँ भिजनका साथ जनमुखी काम गर्न सक्ने देखिन्छ । सोहि अनुसारका एजेण्डाहरु तयार भए पनि मेयर नेपाली कांग्रेस वाट निर्वाचित भएका कारण राजनितिक किचलो गर्दै जनभावनाको धज्जि उडाउदै कार्यपालिका सदस्यहरुले अन्तिम समयमा जनता प्रति उत्तरदायी नवनेको प्रष्ठ देखिन्छ ।

यता मेयर खड्ग फागोले भने निर्वाचन केन्द्रीत कार्यक्रम ल्याउन खोजेको भन्दै भ्रम सिर्जना गरिएको बताउनुभयो । उर्लाबारी नगरबासीहरुको हितमा काम गर्ने गरी कार्यापालिकाको बैठकमा योजना ल्याएको उहाँको भनाई छ । जुन पार्टीबाट निर्वाचित भएपनि जनताको हितमा काम गर्न आफुहरु आएको उल्लेख गर्दै जनभावना अनुसार काम गर्न कार्यपालिका बैठकनै अवरुद्ध गरेर समस्या सिर्जना गर्न खोजेको उहाँको भनाई छ । बहुमत सदस्यहरुले बैठक नगर्ने पक्षमा उभिएकाले कार्यपालिकाको बैठकले निकास दिन नसकेको उहाँको भनाई छ । जनभावनाअनुसार ऐन तथा कार्यक्रमहरु तयार पारिएको भएपनि बहुमतको दम्भ देखाएर उर्लाबारीबासीहरुमाथी घात गर्ने काम भएको उहाँको भनाई छ । कांग्रेससहित नेकपा एकीकृत समाजवादीका जनप्रतिनिधिहरु भने एउटै कित्तामा उभिएका छन । बैठक गरेर निकास दिनु पर्छ भन्ने पक्षमा मेयरसहित ७ जनाको हस्तारक्षर भएको छ भने विपक्षमा उपमेयरसहित १२ जनाको हस्तारक्षर भएको छ । जनताको पक्षमा का गर्न मेयर सहितको ७ जनाले आवाज उठाए पनि बहुमतको दम्भमा अन्तरपाटिको फोहोरी खेलमा अन्य कार्यपालिका सदस्यहरु उत्रिएका छन । जनताको काम गर्न जनता वाटै छनौट भएका जनप्रतिनिधीहरुले आम नागरिक र पालिकाको विकास र संमृद्धि भन्दा पनि ब्यक्तिगत स्वार्थमा लिप्त हुँदै दलगत घमण्डको पराकाष्टा नाघेको आसंका चौतर्फि वढेको जस्तो देखिन्छ । निशवार्थ भावनाले दलिय भन्दा पनि जनताको काम गर्न चुनिएका प्रतिनिधीहरुले मेयरलाई नभएको दोस देखाउदै जनताको हितमा रहेर काम गर्न नसकी कार्यपालिका बैठकनै बहिस्कार गर्नु आफैँमा दुःखद वनेको छ ।

सम्बन्धित खबर