बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

साइनो स्पोर्टस क्लब फाइनलमा

मङ्गलवार, चैत १५, २०७८

२०७८ चैत्र १५/ साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झापाबीच जित्ने टिमसँगै प्रतिस्पर्धा गर्नेछ ।विराटनगरस्थित जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा निर्धारित समयसम्म गोलरहित खेल बराबरीमा टुंगिदा खेलको निर्णाय सडन डेथबाट लिइएको थियो ।सडन डेथमा साइनोका अशोक खवास, कैलाश बस्नेत, दिवाकर चौधरी, निशेन सुब्बा, मिन धिमाल, खमिर गिल्सन, दिनेश राई, भुवन बस्नेत र एन्जल श्रेष्ठले गोल गरेका थिए । निशान लिम्बुको प्रहार पोसमा ढोकिएर बाहिरयो । धरानका दोर्जे तामाङ्ग सुशिल राई, दिवस सुनवार, मनोज राई, जिवन गुरूङ, मनिष थापा, तपन कार्की र उमेश राईले गोल गरे । मिलन राई र सन्जित राईको प्रहार साइनोका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । धरानका दुई जना खेलाडीको सशक्त प्रहार उत्कृष्ट बचाउ गरि टिमलाई फाइनल यात्रा सुरिक्षत गराउने साइनका गोलकिपर एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।निर्धारित समयमा दुवै दुवै टिम आक्रमक खेल पस्किए पनि दुवै टोलीले गोल गर्न असफल रहे । दुवै टिमले थुप्रै गोल गर्ने अवसर खेर फाले । निर्धारित समयसम्म धरानका खेलाडीले लगातार प्रहार गरे पनि साइनोका गोलकिपर एन्जलले उत्कृष्ट बचाए । दोस्रो हाफदेखि आक्रमक प्रर्दशन गरेको साइनोका निश्चल लिम्बुले ४५ औं मिनेटमा डिबक्स भित्रबाट ‘बाइसाइकल किक’ धारनका गोलकिपर सृजन राईले उत्कृष्ट बचाउ गरे । ५७ औं मिनेटमा धरान गोल गर्नबाट चुक्यो । भुवन बस्नेतको सशक्त प्रहार पोस माथिबाट बाहिरियो । ६० औं मिनेटमा साइनका निश्चल लिम्बुले बक्सभित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

सम्बन्धित खबर