बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्ने

मङ्गलवार, चैत १५, २०७८

२०७८ चैत्र १५/ नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो ।स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने उहाको भनाई छ । बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरेको छ । त्यस्तै बैठकले प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । उहाले स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि जानकारी दिनुभयो । बैठकले देशव्यापी रुपमा सदस्यता र क्रियाशिल सदस्ता बितरण प्रारम्भ गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।यसअघि बैठकमा धारणा राख्ने क्रममा केहि सदस्यहरु गठबन्धनको पक्षमा रहेका थिए भने केहि बिपक्षीमा थिए । केहि सदस्यहरुले भने आवश्यकता आधारमा केहि स्थानीय तहमा तालमेल गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित खबर