शनिवार, असार २९, २०८१
Sancharmanch

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलवार, चैत १५, २०७८

२०७८ चैत्र १५/ नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ४ हजार ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हँुदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर