बिहिवार, साउन १०, २०८१
Sancharmanch

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

सोमवार, चैत १४, २०७८

२०७८ चैत्र १४/ नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ५ हजार १ सय ५२ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार १ सय ५७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार १ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

सम्बन्धित खबर