बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आगलागिबाट ८ घर जली नष्ट १ महिलाको मृत्यु

सोमवार, चैत १४, २०७८

२०७८ चैत्र १४/ उदयपुरगढी गाउँपालिका(१ स्थितमा आगोलागिबाट ८ घर जली नष्ट भएको छ भने १ जना महिला आगोमा परी जली मृत्यु भएकि छन् । हिजो बेलुका ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगोलागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी जली मृत्यु भएको हो । उक्त आगो फैलिई नजिकै रहेको शेर बहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दिप बहादुर मगर र धन माया मगर समेतको घर आगलागिबाट जली नष्ट भएको हो ।आगोमापरी बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत जली मृत्यु भएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा राती साढे ८ बजे नियन्त्रण गरिएको हो भने आगलागिबाट अन्दाजी १ करोड २१ लाख बरावरको क्षेति भएको र आगोलागिको घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित खबर