शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १३ घाईते

सोमवार, चैत १४, २०७८

२०७८ चैत्र १४/ उदयपुरको कटारी नगरपालिका(११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाईते भएका छन । हिजो दिउँसो २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउदै गरेको प्रदेश १(०७(००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवार चालक सहित १४ जना घाईते भएकोमा उपचारको लागि बिभिन्न अस्पतालहरुमा पठाइएकोमा ओखलढुंगा सुनकोशी गाउँपालिका(४ का ५४ बर्षीय खेम बहादुर कार्कीको बिर अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको हो ।ओखलढुंगा मोलुङ(२ का २४ बर्षीय एकराज दाहाल र ३० बर्षीया पार्वता पोखरेलको बिराटनगर नोवेल अस्पतालमा उपचार भईरहेको छ भने कटारी अस्पतालमा उपचारार्थ रहेका १० जना घाईतेहरु उपचार पश्चात डिष्चार्ज भईसकेका छन । गाडी चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका(१ का २४ बर्षीय सञ्जिब घिमिरेलाई सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर