शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

उर्लावारीमा जनप्रिय योजना सञ्चालन गर्न नदिन दलिय स्वार्थ राखेर मेयरलाई घेरावान्दिको प्रयास

सोमवार, चैत १४, २०७८

२०७८ चैत्र १४ उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिकाकाको ६५ औ कार्यपालिका बैठक रोकिएको छ । सोमबार विहान ८ बजेका लागि बोलाइएको नगर कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यको गणपुरक संख्या अपुग भएपछि बैठक स्थगित भएको नगरपालिका स्रोतले जनाएको छ । निर्वाचित जनप्रतिनिधीहरुको समय सिमा सकिनै लाग्दा स्थानिय जनसरोकारका विविध विषयलाई कार्यपालिका बैठकले पारीत गर्नुपर्ने अन्तिम बैठक थियो । तर नगर उप–प्रमुख सहितको जनप्रतिनिधिको एउटा टोली बैठकमै उपस्थित नभई आन्तरिक छलफल पछि नगरपालिका बाट बाहिरिएपछि बैठ्क एक दिनका लागि स्थगित भएको जनाइएको छ । आन्तरिक छलफल पश्चात बाहिरीने क्रममा वडा नम्वर ८ का वडाअध्यक्ष कुलबहादुर कार्कीले कार्यपाालिका बैठकमा सवै जनाको उपस्थिती भएतापनि आफ्नो चुनावी कार्यक्रम भएको भन्दै जनताका लागि महत्वपुर्ण योजना निर्णय गर्नु पर्ने अवस्थामा जनताको भावनामाथी खेलवाढ गर्दै वडा अध्यक्षहरु सहित कार्यपालिका सदस्यहरु हिडेका थिए । त्यस लगतै नगर उपप्रमुख लक्ष्मिदेवी भण्डारी, वडा नम्वर ४ का वडाध्यक्ष लक्ष्मी नाराएण धिमाल लगाएत अन्य कार्यपालिका सदस्य पनि बाहिरीएको स्रोतले बतायो । यता समयमा नगरकार्यपालिका बैठक बस्न किन सकेन भन्ने जिज्ञासमा नगरप्रमुख फागोले विहान ८ बजेका लागि कार्यपालिका बैठक बोलाइएको भएतापनि खुट्टाको समस्याका कारण डेसिङ गरेर आउनु पर्ने भएपछि कारण केही ढिलो हुन गएको बताउनु भयो । साथै जनताको अमुल्य मत पाएर नेतृत्व तहमा पुगेको कुरा भुल्नु नहुने वताउँदै नगर प्रमुख फागोले आफु अन्तिम घडि सम्म जनताको पक्षमा रहेर काम गर्ने प्रतिवद्ध रहेको वताउनु भयो । कार्यकालको अन्तिम चरणमा आम नागरिकको आवश्यकतासँग जोडिएका विषयवस्तु माथि छलफल गरेर टुङ्गोमा पुग्नु पर्ने अवस्थामा दलगत स्वार्थ राखेर बैठकनै स्थगित हुने गरी कार्यपालिका सदस्यहरुले मतदाता आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय प्रति बेमतलवि हुँदैदेखाएको ब्यवहार प्रति नगरप्रमुख फागोले दुःख ब्यक्त गर्नु भयो । जनप्रतिथनिधी दलगत स्वार्थ भन्दा माथि उठेर जनताको पक्षमा उभिनु पर्ने साथै जुन पाटि वाट जनप्रतिनिधी निर्वाचित भए पनि नगरका सम्पुर्ण नागरिकलाई एउटै नजरले हेर्नु पर्ने उहाँको भनाइ छ । चुनाविताका जनतासामु गरिएका प्रतिबद्धता पुरा गर्नु जनप्रतिसिनधीको दायित्व भएको उल्लेख गर्दै केहि महत्यवुर्ण योजनाहरु जुन आम नागरिकले प्रत्यक्ष अनुभुति गर्ने गरी सञ्चालन गर्ने लक्ष अनुसार काम गर्न नदिन चलखेल गर्दै कार्यपालिका सदस्यहरुमा दलिय स्वार्थ हावि भएको वताउनु भयो ।

उहाँले भन्नु भयो–“केही समय अगाडी मोटरसाइकल दुर्घटनमा परेर खुट्टामा चोट लागेको छ डेसिङ गर्नुपर्ने थियो त्यसकारण मैले उप–प्रमुखलाई बैठक सञ्चालन गर्दै गर्नु म केही समय आइहाल्छु भनेर फोन गर्दागर्दै पनि उहाहरु बैठकमा सहभागी नभई हिड्नु भयो, म घाउको ड्रेसीङ सकेर ९ः२० मा कार्यालय आइपुगेको थिए।”
कार्यपालिका सचालनका लागि उहाँहरुको अनुउपस्थितीमा गणपुरक संख्या अपुग भएका कारण भोली मंगलबार अपह्रान्न् ४ वजे बैठक बस्ने तय भएको नगर प्रमुख खड्ग फागोले बताउनु भयो ।

कार्यपालिका बैठकमा पेश हुने बुँदाहरु यस्ता थिए
–कानुन मसौदा निर्देशिका सम्वधमा ।
–नगर खेलकुद कार्यविधि सम्वधमा ।
–स्वास्थ्य सस्था दर्ता, अनुमति तथा अनुमति निर्देशिका सम्वधमा ।
–गरिव तथा विपन्न् लक्षित खानेपानी धारा जडान तथा महशुल व्यावस्थापन सम्वधमा ।
–नगर स्तरिय दलित समन्वय सम्वधमा ।
–एम्वुलेन्स सेवा सचालन निर्देशिका सम्वधमा ।
–नगर स्तरिय शिक्षा कार्यविधि सम्वधमा ।
–सहकारी सस्था दर्ता कार्यविधि सम्वधमा ।
–शिप विकास तालिम तथा दर्ता सम्वधमा ।
–समुदायिक वनको कार्ययोजना सम्वधमा ।
–योजना तथा कार्यक्रम समसोधन सम्वधमा ।
–सडक बोर्ड बाट संचालन हुने योजना सम्वधमा ।
–प्रदेश समपुरक अनुदान ०७९÷८० सम्वधमा ।
–प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सचालन सम्वधमा ।

–उर्लाबारी–८ दुर्गापुरी बजार कालोपत्रे योजना बजेत थप सम्वधमा(६९ हजार ७ सय ३५ रुपैया)
–पालिका अगाडीको सडक कालोपत्रे सम्वधमा (४ लाख ९९ हजार १ सय ९० रुपैया ५६ पैसा)
–बक्रा–सोल्टी तटवन्धन योजना सम्वधमा( २० मिटर १२ लाख)
–अपाङगता रोकथाम तथा पुनः स्थापना को विउपुजी नगरपालिकामा फिर्ता भएको सम्वधमा ।
–अपाङगता मिलीजुली कार्यक्रम वडा नम्वर १ र ५ सम्वधमा ।
–फोहोर मैला व्यावस्थापनको रकम माग भएको सम्वधमा ।
–कक्षा थप माग भएको सम्वधमा ।
–विनियोजित बजेट र बाकी रहेको वजेटको योजना माग सम्वधमा ।
–भृकुटीमार्ग सडक कालोपत्रे सम्वधमा (९ लाख २४ हजार १ सय ५१ रुपैया)
–सिद्धिविनायक सडक कालोपत्रे सम्वधमा (९ लाख ३७ हजार ७ सय ७४ रुपैया)
–भुमिहिन तथा अव्यवस्थीत वसोवासी सम्वधमा ।
–हेमपाइप खरीद सम्वधमा ।
–सडक बत्ति महशुल सम्वधमा ।
–कान्छीचौकमा भत्केको कल्र्भट सम्वधमा ।
–उर्लाबारी बहुमुखी क्याम्पसमा वस खरिद सम्वधमा ।
–मौज्दात रकम ६ करोड ३७ लाख ६१ हजार ८ सय ३४ रुपैया ६७ पैसा को कार्ययोजना निर्माण सम्वधमा ।

सम्बन्धित खबर