बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दर्तावाल पशु चिकित्सकको आचार संहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

आइतवार, चैत १३, २०७८

२०७८ चैत्र १३/ नेपाल पशु चिकित्सा परिषद, त्रिपुरेश्वर, काठमाडौंको आयोजना तथा नेपाल भेटेरीनरी एसोसिएसन प्रदेश नं. १ को सहकार्यमा दर्तावाल पशु चिकित्सकको आचार संहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १ को कृषि मन्त्रालयको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पशु चिकित्सा परिषद, प्रदेश नं १का अध्यक्ष डा.संजय कुमार यादवको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश नं. १ को कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय अध्यक्ष डा.शितल काजी श्रेष्ठ, प्रोफेसर डा. डि के सिंह, प्रदेश नं. १ का दर्तावाल ४५ जना पशु चिकित्सकको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पशु चिकित्सा परिषद, सदस्य,डा.सृजना मानन्धरले दर्तावाल पशु चिकित्सकको आचार संहिता (दोस्रो संशोधन) विनियमावली २०७७ को कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी डा.मनोज कुमार शाहीले नेपाल पशु चिकित्सा परिषदका प्रमुख कार्यहरु र पशु ढुवानी मापदण्डका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको साथै डा.शितल काजी श्रेष्ठले नेपालमा भेटेरिनरी सेवा र भेटेरिनरियनको भुमिका विगत, वर्तमान र भविष्य विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको साथै पशु चिकित्सा व्यवसाय तथा सेवाको प्रादेशिक अवस्था, समस्या र समाधानका उपायहरु को विषयमा डा. संजय कुमार यादवले कार्यपत्र प्रस्तुत गर्नु भएको भेटेरीनरी चिकित्सा परिषद प्रदेश न. १ का अध्यक्ष डा.सञ्जय कुमार यादवले जानकारी दिनु भयो । साथै कार्यक्रममा पशु स्वास्थ्यका विद्यमान प्रावधानहरू, भेटेरिनरीयनहरुले खेल्नु भएको भुमिका, बिषय केन्द्रित समस्याहरु, चालिएका प्रयासहरु र संघ तथा प्रदेशस्तरवाट गर्नु पर्ने कार्य, सहजिकरण र समन्वयका बारेमा छलफल भएको अध्यक्ष यादवले जानकारी दिनु भयो ।

सम्बन्धित खबर