बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडा अध्यक्ष मनोज खुलालको अर्को सफलता शिवगञ्जमा कृषि वजार

शनिवार, चैत १२, २०७८

२०७८ चैञ १२/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलाल (कार्की) को पहलमा शिवगञ्ज वजार थप ब्यवस्थित गर्न कृषि वजार निर्माण भइरहेको छ । कृषि वजार निर्माणका लागि केन्द्र सरकार सँग वजेट माग गरी वजार निर्माण भइरहेको छ । रु १ करोड ५० लाख वजेट केन्द्र सरकार वाट विनियोजन भएर आए पछि ठेक्का प्रकृया वाट निर्माण कार्य धमाधम भइरहेको शिवगञ्ज वजार ब्यवस्थापन समितिका अध्यक्ष मुक्ति गुरागाईले सञ्चार मञ्चसँग वताउनु भयो । वडा अध्यक्ष कार्कीकै पहलमा वडामा रहेको जिल्लाकै पुरानो वजारको मुहार परिवर्तनका लागि पेवर्श विछ्याउनका लागि समेत रु ४० लाख वजेट विनियोजन गराई काम भइरहेको पनि गुरागाईले वताउनु भयो । वडा अध्यक्ष कार्कीले वडामा सञ्चालन गरेका हरेक महत्वकांक्षी योजनाहरु सफल भएको पनि गुरागाईको दावि छ ।

स्थानिय अम्विका थापाले नगर प्रमुखले वेवास्ता गरेको शिवगञ्ज वजारको विकासका लागि वडा अध्यक्षको संघर्षको परिणाम यतिवेला वडामा देखिन थालेको वताउँदै कृषि वजारको परिकल्पना र योजना ल्याउने सन्दर्भमा वडा अध्यक्षको भुमिकाको खुलेरै प्रशंसा गर्नुभयो । कार्कीलाई वडा अध्यक्ष वाट अपग्रेड गर्दै नगर प्रमुख वनाउन सकेको खण्डमा नगरको विकास र संमृद्धिमा कुनै कसुर वाँकि नरहने समेत थापाले विश्वास ब्यक्त गनुभयो । योजना तथा वजेट हिनामिनाको विषयमा सञ्चारमञ्चले बुझ्न खोज्दा थापाले भन्नु भयो “वडा अध्यक्षले हाल सम्म १ रुपैयाँ पनि हिनामिना नगरी २४ सै घण्डा वडाको विकासमा वडा अध्यक्षले समय ब्यतित गर्नु भएको छ ।”

सम्बन्धित खबर