बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिबाद पछि प्रकाश सपुतले विवादित दृश्य हटाए

बिहिवार, चैत १०, २०७८

२०७८ चैत्र १०/ कलाकार प्रकाश सपुतले समाजको भावनालाई बुझेर पीर गीत विवादित दृश्य हटाएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम उहाले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताउनुभएको हो । आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उहाले बताउनुभयो । त्यस्तै सोहि पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य हटाउनु परेको प्रष्टिकरण पनि उहाले दिनुभयो । त्यस्तै सोहि गितकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा भएको बताउनुभयो । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको पनि बताउनुभयो । पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य समावेश गरेको भन्दै सपुतको केहिले सपुतको आलोचना गरेका थिए । त्यस लगतै सपुतले गीतबाट उक्त दृश्य हटााउनुभएको थियो ।

सम्बन्धित खबर