बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

महामन्त्री थापा द्वारा त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने सुझाव

बुधवार, चैत ९, २०७८

२०७८ चैत्र ०९/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधबार किर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । उहाले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सवैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताउनुभयो । महामन्त्री थापाले विश्वविद्यालय राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको उच्च शिक्षा सञ्चालनका लागि ऐनको आवश्यक रहेको उहाको भनाई छ । उहाले मुलुकमा ठूलो परिवर्तन भएपनि विश्वबिद्यालयको बिषयमा कसैको ध्यान जान नसेकेको धारणा राख्नुभयो ।

सम्बन्धित खबर