शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

अर्जुनधारामा घर घर जाऔ काङ्रेस जिताऔ अभियान

मङ्गलवार, चैत ८, २०७८

२०७८ चैत्र ०८/ घर( घर जाऔ काङ्रेस जिताऔ अभियान अन्तर्गत अर्जुनधारा( १, २ र ३ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम खुदुनाबारीको शान्तिचोकमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर २ प्रदेश ख का सभापति किरण श्रेष्ठको सभापतित्व एवं नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रममा पार्टीको ईतिहास, संगठन र निर्वाचनका बिसयमा सचिब हुमागाइले, एमसिसि भ्रम र यथार्थका बिषयमा अधिबक्ता भरत प्रसाइले प्रशिक्षण दिनुभएको थियोे ।लगभग डेढसय बढीको सहभागिता रहेको कार्यक्रममा २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीले धन्यवाद ज्ञापन गर्नुभएको थियोे । नेपाली काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापाको निर्णय बमोजिम घर(घर जाऔ( काङ्रेस जिताऔ अभियान अन्तरगत अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम झापाका वडा एक टोल तहमा तिब्र पारिएको छ ।

सम्बन्धित खबर