बिहिवार, साउन १०, २०८१
Sancharmanch

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

मङ्गलवार, चैत ८, २०७८

२०७८ चैत्र ०८/ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १ जना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका(१ का ३६ बर्षीय शम्सेर आलम रहेका छन् । आलमलाई सम्मानित उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरीवाना तोके पछि फरार रहेका थिए । आलमलाई पक्राउ गरी हिजो सम्मानित अदालतमा उपस्थित गराउदा जरिवाना बापतको रकम व्यहोर्न नसकि सम्मानित अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खबर