शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

अवैध समान बोकेको गाडी सहित चालक नियन्त्रणमा

मङ्गलवार, चैत ८, २०७८

२०७८ चैत्र ०८ इलामको रोङ गाउँपालिका(४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १(०१(००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम ९४० बोरा० हार्ड छुर्पी बरामद गरेको हो । अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका(२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ

सम्बन्धित खबर