बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेविसंघ द्वरा धर्ना

आइतवार, चैत ६, २०७८

२०७८ चैत्र ०६/ कांग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।सवै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरि विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।उनीहरुले नेविसंघको विधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आशन्न तीनवटै तहको निर्वाचनमा युवा, विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्नुपर्ने, अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने माग पनि राखेका छन् । नेविसंघका नेता अनिल खनालले नेविसंघलाई थप अन्यौलमा राख्न नहुने भन्दै पार्टीको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।प्रदर्शनपछि उनीहरुले आफ्ना मागका बारेमा पार्टी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

सम्बन्धित खबर