शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

म्यादी प्रहरी भर्नाका लागि आवेदन खुल्ला

आइतवार, चैत ६, २०७८

२०७८ चैत्र ०६/ आइतबारबाट आवेदन खुलेसँगै विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर, अन्य जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरुको लामो लाइन लागेको हो । चैत १ गते नेपाल प्रहरीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १ लाख जना म्यादी प्रहरी माग गरेको थियो । आवेदन दिने अन्तिम मिति चैत ११ सम्म रहेको छ । । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले म्यादी प्रहरीमा आकर्षण बढेका कारण आवेदन दिनेको भिड लागेको बताउनुभयो । उहाले देशलाई सेवा गर्ने अवसर पनि भएको पनि धारणा राख्नुभयो ।छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।

सम्बन्धित खबर