बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मन्त्री आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताउनुभयो

शनिवार, चैत ५, २०७८

२०७८ चैत्र ०५/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दावी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताउनुभएको हो । उहाले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राख्नुभयो । त्यस्तै उहाले आफुलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर