बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रिय फुटबल टिम चैत दोस्रो साता थाइल्यान्डसँग हुुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा

बिहिवार, चैत ३, २०७८

२०७८ चैत्र ०३/ नेपाली राष्ट्रिय फुटबल टिम चैत दोस्रो साता थाइल्यान्डसँग हुुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा जुटेको छ । थाइल्याण्डको राष्ट्रिय टिम र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिएको हो । चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

फिफा वरीयतामा नेपाल १६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ । मैत्रीपूर्ण खेल एएफसी एसियन कप छनोट तयारीका लागि पनि महत्वपूर्ण हुने प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए । उनले एसियन कप छनोट अगाडी नेपालको खेलको अवस्थाको पनि मूल्याङ्कन हुने बताए । थाइल्यान्ड बलियो टिम भएपनि मैत्रीपूर्ण खेलमा नेपालले जीत हासिल गर्ने गरि नै तयारी भइरहेको उनको भनाई छ । नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो । छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् ।

सम्बन्धित खबर