बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मोटरसाईकलको ठक्करबाट १ बृद्धाको मृत्यु

बुधवार, चैत २, २०७८

२०७८ चैत्र ०२/ उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ । आज बिहान पौने ११ बजे स। ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका( ३ कि ७६ बर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकल र चालक त्रियुगा नगरपालिका(७ का २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर