बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना मन्त्रालयमा पुग्यो

बुधवार, चैत २, २०७८

२०७८ चैत्र ०२/ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाईसकेको बताउनुभएको छ ।राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औं वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताउनुभएको हो । उहाले उक्त कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई रहेकाले यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पुरा गर्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ विश्लेषणमा राष्ट्रिय सुरक्षा परिषद्ले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो ।संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्दा तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परीषद्लाई दिएको उहाको भनाई छ ।कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका सार्वजनिक गर्नुभएको थियो । सुरक्षा नीतिको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो ।

सम्बन्धित खबर