बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने

सोमवार, फागुन ३०, २०७८

२०७८ फागुन २९ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने भएका छन् ।
अलमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् । प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेल अवधिभर मैदानमा रहने छन् ।
कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो । एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका सफल प्रशिक्षक हुन् । उनले नेपाललाई थ्री नेसन्स कपको उपाधि समेत दिलाएका थिए । कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यु–२३ र किर्गिस्तान यु–१७ टिमसँग काम गरिसकेका छन् ।

सम्बन्धित खबर