बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा गोल्डकपको फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदै

सोमवार, फागुन ३०, २०७८

२०७८ फागुन २९/ झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच कन्पे्रmन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारणम पनि जित निकाल्न सहज हुने बताए ।
झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चारपटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताए ।यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ । झापाले भने चारपटक नै उपविजेतामा चित्त बुझाएको हो । पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।त्यस्तै, झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ । उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।

सम्बन्धित खबर