बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अव हुने स्थानिय तहको निर्वाचनमा काग्रेस एक्लै भिड्ने

शनिवार, फागुन २८, २०७८

२०७८ फागुन २८/ अव हुने स्थानिय तहको निर्वाचनमा काग्रेस एक्लै भिड्छ—नेता ढुंगानानेपाली काग्रेसका केन्द्रिय सदस्य राजीव ढुंगानाले अव हुने स्थानिय तहको निर्वाचनमा पाटी एक्लै भिड्ने बताउनुभएको छ ।नेपाल प्रेस यूनियन पाँचथरले सदरमुकाम फिदिममा शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले कुनै पनि दलहरु सँग तालमेल नगरी एक्लै चुनावमा भिडने बताउनुभएको हो ।सरकार संचालनमा मात्रै अहिलेको गठवन्धन रहको भन्दै भोली अहिलेकै गठवन्धन सँग चुनावमा तालमेल गरेर काग्रेस चुनावमा नलड्ने बताउनुभयो ।अव काग्रेसले आईतबार बाट शुरु गर्ने घरघर जाऔ, नेपाली काग्रेसलाई जिताऔँ अभियान पछि पाटी कसरी अघि वढ्ने भन्ने बारे पाटीले आधिकारिक धारणा तय गर्ने उहाँको भनाई छ ।पाटीका भातृसंगठनका केन्द्रिय कार्य समिती मात्रै भंग गरिएको अन्य समितीहरु जिल्लामा यथावत रहेको हुँदा अव केन्द्रिय समितीले पनि चैत्र पहिलो सातामा सम्म नयाँ कार्य समिती पाउने बताउनुभयो ।कार्यक्रममा वोल्दै नेपाली काग्रेस पाँचथर जिल्ला सभापति रुपनारायण जवेगुले घरघर जाऔँ,नेपाली काग्रेसलाई जिताऔ अभियान पाँचथर जिल्लामा आईतबार बाट सुरुवात हुने बताउनुभयो ।

सम्बन्धित खबर