बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै काठमाडौंमा विरोध

शनिवार, फागुन २८, २०७८

२०७८ फागुन २८/ एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै बिभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।शनिबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म एमसीसी सम्झौता बिरुद्ध उनीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शन गर्नेहरुमा युवा संगठन नेपाल, वैज्ञानिक समाजवादी युवा लिग नेपाल, अखिल नेपाल युवक संघ, वाइसिएल समाजवादी लगाएतका रहेका छन् । उनीहरुले मुलुकको हित बिपरितको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए ।

सम्बन्धित खबर