शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

दैनिक सुनको आयात घटाउने निर्णय

शनिवार, फागुन २८, २०७८

२०७८ फागुन २८/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले दैनिक सुनको आयात घटाउने निर्णय केहिसमयका लागि मात्र भएको बताउनुभएको छ । काठमाडौं सुनचाँदी व्यवसायी संघको १९ औ साधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलको बिषम परिस्थीतिका कारण मात्रै सुन आयातलाई २० किलोबाट १० किलोमा सिमित गरिएको भन्दै केहि समयपछि पुन पहिलेजस्तै सुन आयात गर्न सकिने व्यवस्था गर्न पहलकदली लिने बताउनुभएको हो । उहाले सुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लािग पनि सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो । मन्त्री श्रेष्ठले सुनचाँदी व्यवसायीको शान्ति सुरक्षामा सरकारको ध्यान गएको उल्लेख गर्नुभयो ।कार्यक्रममा संघका अध्यक्ष सुरेश शाक्यले सुनको आयात घटाउदा सर्वसाधारणको माग बमोजिमको व्यवस्था गर्न नसकिएको बताउनुभयो

सम्बन्धित खबर