बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा माओवादी केन्द्रमा ५० जना केन्द्रीय सदस्यमा मनोनित

सोमवार, फागुन २३, २०७८

२०७८ फागुन २३ / नेकपा (माओवादी केन्द्र)ले ५० जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।काठमाडौंमा सोमबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको ९७ जना मध्ये ५० जनालाई मात्र केन्द्रीय सदस्यमा मनोनित गरेको हो । बैठकमा अन्य नाममा भने सहमति जुट्न नसकेको नेताहरुले जनाएका छन् । हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने माओवादीले जनाएको छ । त्यस्तै माओवादीमा २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन अर्को बैठकबाट गर्ने निर्णय गरेको नेता बर्षमान पुनले जानकारी दिनुभयो ।बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको माओवादी नेता जनार्दश शर्माले जानकारी दिनुभयो । त्यस्तै एमसीसीका बिषयमा आगामी जेष्ठ २० गते बस्ने बैठकमा थप छलफल हुने उहाले बताउनुभयो ।त्यस्तै माओवादीले स्थानीय तहमा चुनावी तालमेलका लागि एक कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

सम्बन्धित खबर