शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी

सोमवार, फागुन २३, २०७८

२०७८ फागुन २३/ लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान प्रभावित समेत प्रभावित भएको थियो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जंगल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण १० हेक्टरभन्दा माथि जंगल क्षति भएको अनुमान गरिएको छ

सम्बन्धित खबर