बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आर्मी र न्यूडायमण्ड फाइनलमा प्रवेश

सोमवार, फागुन २३, २०७८

२०७८ फागुन २३/ झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को आज भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन आर्मीले नेपाल प्रहरीलाई वेष्ट अफ फाइभमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीलाई सोझो ३ सेटमा हराउँदै न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो ।११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिको आयोजनामा महिला सशक्तीकरणका लागि गरिएको खेल प्रतियोगिताको भोलि तेस्रो स्थान छनौटका लागि विभागीय टोली नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विहान ७ बजे खेल हुने छ । यस्तै फाइनल खेलका लागि १० बजे आर्मी र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ ।आजको खेलमा विजयी टीमका न्यूडामण्ड स्पोर्ट एकाडेमीको जर्सी नम्बर १४ की प्रगती नाथ र विभागीय टीम त्रिभूवन आर्मीको जर्सी नम्बर ११ की संगम महत्तोले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका छन् ।खेलमा प्रथम हुनेले २ लाख र दितीयले १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्ने छन् ।

सम्बन्धित खबर