शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

सार्वजनिक विदा दिनेमा समेत सवारी साधानको ट्रयाल सुरु

सोमवार, फागुन २३, २०७८

२०७८ फागुन २३/ बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक विदा दिनेमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिनुभएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र वागमती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसंग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै विदामा समेत ट्रायल सुरु गर्न निर्देशन दिनुभएको हो । आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउदै उहाँले आफुहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कार्वाही सुरु गरेको बताउनुभयो । त्यस्तै कर्मचारी बाहेकका व्यक्तिहरु कार्यालय भित्र प्रवेश गरेर चलखेल गरेको बिषयमा पनि स्पष्टीकरण सोधेको जानकारी दिनुभयो ।सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाईने बताउनुभयो ।

सम्बन्धित खबर