बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चण्डीदल गणको भवन शिलान्याश

सोमवार, फागुन २३, २०७८

२०७८ फागुन २३ सिंहदरबारभित्र सेनाको चण्डीदल गणको लागि भवन निर्माण हुने भएको छ । सोमबार सिंहदरबारमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भवन निर्माण कार्यक्रमको शिलान्याश गर्नुभएको हो । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको शहरी बिकास भवन निर्माण बिभागले जनाएको छ । कार्यक्रममा मन्त्री झाँक्रीले तोकिएको समयभित्र भवन निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

सेनाका लागि अर्को भवन निर्माण गर्ने कामलाई पनि सुरु गर्ने उहाको भनाई छ । उहाले भवन निर्माणमा ढिलाई भए कार्यक्षमतामाथि नै प्रश्न उठ्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । उक्त भवन दुई बर्ष भित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित खबर